भारतबाट आउने नेपालीका लागि सीमा नाका खुलाउने - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भारतबाट आउने नेपालीका लागि सीमा नाका खुलाउने



काठमाडौं- भारतको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले सीमा क्षेत्रमा अलपत्र परेकालाई नेपाल प्रवेश गर्न दिइने निर्णय गरेको हो।

सरकारले भारतीय सुरक्षाकर्मीले नेपाल पठाएका र तर नेपाल प्रवेश गर्न नपाएका नागरिकहरूको सूचना पाएको भन्दै परिचयपत्रको आधारमा नेपाल प्रवेश गराउने भएको छ।

त्यसरी फर्किएका व्यक्तिहरू सम्बन्धित स्थानीय तहमा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ।