भारतले सिमा मिचेकोमा नेपाली देशभक्त आवाजको आपत्ति - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

भारतले सिमा मिचेकोमा नेपाली देशभक्त आवाजको आपत्ति



नेपालको पर्सा ,वीरगन्जको छ्पकैया वडा न.१ ,सुन्दरपुर र शिर्सियामा भारतले ५०० मिटर नेपालको सीमा मिच्दै ३० ओटा पीलर राखिसकेको र केही खाडल खनेर राख्ने तयारी गरिरहेको खबर आएको छ।स्थानीय नेपाली जनताहरूले व्यापक विरोध गरेको छ तर नेपाल सरकार र त्यसका प्रतिनिधि सरोकारवाला तथा प्रशासन तमासा हेर्दै हातमा दही जमाएर बसेको छ नेपाली देशभक्त आवाज यसको घोर विरोध गर्दै सबै देशप्रेमी नेपालीहरूलाई यी बिस्तारबादी दलालहरू र हाम्रै देशका रमितेहरुलाइ खबरदारी गर्न  आग्रह गर्दछौँ ।

भारतको दिल्लीमा स्थापना गरिएको नेपाली देशभक्त आवाजले यो पोस्ट गरेपछि बल्ल केही मिडियाहरू त्यहाँ पुगेर केही जानकारी लिदैगरेको खबर छ । यो खबर १५  जनवरी २०१८  को दिन बिरेन्द्र शर्मा नामको एक जना अनजान ब्याक्तिले नेपाली देशभक्त आवाजका संस्थापक बाबु रोका मगरलाई दुइटा फोटो सहित जानकारी गराएका थिए । तर अहिले बिरेन्द्र शर्मा सम्पर्कमा आएका छैनन् बाबु रोकाले भन्छन् कि पहिले त विश्वास लागेन यो घटना यथार्थ हो या होइन भनेर फेसबुकमा अपलोड गर्न पनि धेरैपटक सोचेर १६  जनवरीको अपलोड गरे तबसम्म कहीँ कतैबाट न्युजमा यो समाचार आएको थिएन अपलोड गरेको एक दिनपछि १७  जनवरीको अनलाइन मिडियाहरूले धमाधम न्युजहरु छापेका छन् र मलाइ अझैपनि शङ्का लाग्या छ यो सत्य हो या होइन यथार्थमा बुझ्नलाई सरकार र सरोकारवाला हरुलाइ बाबु रोका मगरले यसै समाचार मार्फत आग्रह गरेका छन् ।

कुनै अज्ञात ब्याक्तिबाटा यो पोस्ट हटाउन धम्की आएको रोकाले बताए । यदि त्यहाँका बासिन्दाहरुलाइ आफ्नो जग्गाजमिनको हिसाबकिताब थाहा नभएको भए नापी नक्सावालाहरु संबंधित निकाय सम्म पुगेर नापजाँच गरी त्यस ठाउँका बासिन्दाहरुलाइ यश बारे शिक्षामुलुक तालिम दिइयोस र सीमा क्षेत्रमा सुरक्षा कडा गरियोस । भन्दै नेपाली देशभक्त आवाजले आवाज उठाएको छ ।