सिमामा विशेष निगरानी गरिने
धन बहादुर बिक / पुनर्वास,कञ्चनपुर ।
घरायसी सामान बाहेक ठूलो परिमाणमा भित्रिने सबै सामान तस्करी हो , अवैध रूपमा भित्रिने सामानलाइ नियन्त्रणमा लिइ कार्वाही गरिने शनिबार पुनर्वासमा अायोजित एक कार्यक्रममा प्रहरीले जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत पुनर्वास नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती मा नव अागन्तुक प्रहरी निरिक्षक कर्ण बहादुर वम को स्वागत तथा परिचयात्मक कार्यक्रम का अवसरमा प्रहरी निरिक्षक वमले स्थानीय सरोकार व्यक्तित्व सामु प्रतिबद्धता जनाउदै सो कुरा बताएका हुन ।
नव अागन्तुक प्रहरी निरिक्षक वम र पुनर्वास नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत को पुनर्वास उधोग बाणिज्य संघ ले अायोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा वमले स्थानीय स्तरबाट सबैको सहयोग प्राप्त भएमा अाफ्नो कार्यकालमा कुनै अपराध हुन नदिने बताए ।
परिचयात्मक कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले खुला नाकाको फाईदा उठाउदै , सिमावर्ती भारतीय बजारबाट अबैधरूपमा लाखौ मुल्य का गुणस्तरहीन सामान भित्र्याउने गरेको र सरकारलाई राजस्व छलि भईरहेको अौल्याएका थिए भने यसै खुला नाकनको फाईदा उठाउदै चेलिबेटीवेचविखन मा केही दलाल हरू सक्रिय हुने गरेको पनि बताए ।
यस्तै खुला नाका कै कारण बिकृती बिसंगति मौलाउदै जादा दण्डहीनता बढेको र केही राजनिति सिफारिसमा अपराधी ले उन्मुक्ति पाउने हुदा प्रहरीले कडा रूपमा अाफ्नो दायित्व निभाउनु पर्ने पनि कार्यक्रम का वक्ता हरूले सुझाव दिएका थिए ।
प्रहरीले एक्लै केही पनि गर्न नस्सक्ने भन्दै सबैको साथ समर्थन पाएमा कानुन को प्रत्याभूति गराउने प्रहरी निरिक्षक वमले भने । यसैबिच नगरपालिका बाट सेवाग्राहीलाई प्रदान गरिने सेवा सुबिधा सर्वसुलभ गरिनु पर्ने प्रशासकिय अधिकृत लाई समेत कार्यक्रममा सहभागी बुद्धिजीवी हरूले सुझाव दिएका थिए ।
कार्यक्रममा प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले भने अन्य नगरपालिका को तुलनामा पुनर्वास विकास का दृष्टिकोणले निकै सम्भावना बोकेको क्षेत्र छ जनप्रतिनिधि , कर्मचारी ले ईमानदार भएर जनताको हकमा काम गर्नु पर्छ , सर्वसाधारण जनता र राजनिती कर्मि ले पनि मेरो नगरपालिका सम्झि अाअाफ्नो दायित्व निर्वार गरेमा छिटै नै विकास सम्भव छ पाण्डेले भने । उधोग वाणिज्य संघले गरेको स्वागत कार्यक्रम ले अाफुमा थप जिम्मेवारी बोध गराएको पनि पाण्डेले भने ।
पुनर्वास उधोग वाणिज्य संघ का अध्यक्ष कृष्णबहादुर तामाङ को सभापतित्वमा भएको कार्यक्रममा बिशिस्ट अतिथि नव अागन्तुक ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती का प्रहरी निरिक्षक कर्ण बहादुर बम , पुनर्वास नगर प्रशासकीय अधिकृत पिताम्बर पाण्डे रहेका थिए भने अतिथि हरूमा संघका निवर्तमान अध्यक्ष बिरबल बिस्वकर्मा , संस्थापक अध्यक्ष बिस्वनाथ बिष्ट , जनता क्याम्पस पुनर्वासका अध्यक्ष रामचन्द्र नेपाल , नेपाली काङ्ग्रेस का यम प्रशाद पौडेल , नेपाल कम्युनिस्ट पार्टिका कञ्चन गिरि , राष्ट्रिय जनमोर्चाका कुबेरनाथ , अादिवासि जनजाति महासंघका धोखे राना लगायत उधोगी व्यापारी रहेका थिए ।
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझी ले स्वागत मन्तव्य दिएको कार्यक्रम को सञ्चालन सचिव दिपक तिमिल्सिना ले गरेका थिए ।