'सिम सिम पर्‍यो पानी'बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

‘सिम सिम पर्‍यो पानी’बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक



समीर प्रकाश पाण्डे

टेक विश्वकर्माको पहिलो लोक दोहोरी सार्वजनिक गरेका छन् । मौलिकतामा आधारित लोकदोहोरी “सिम सिम पर्‍यो पानी” सार्वजनिक गरेका हुन ।

लेक ,बेसी, गाउँ र पाखामा बोलिने शब्दमा आधारित यस गीतलाई सुरज गैह्रे विवशले शब्दमा उतारेका छन् ।गाउँको परिवेश बोकेको यस गीतमा गाउँमा बोलिने र लगाइने पिरती लाई टपक्क टिपेर जस्ताको त्यस्तै प्रस्तुति गरिएको छ ।

गीतमा चर्चित गायिका देवी घर्ती र टेक विश्वकर्माले स्वर दिएका छन् भने लय टेक विश्वकर्मा कै रहेको छ । गीतको भिडियोमा मौसम हिमानीकोे निर्देशन , राजेश घिमिरेको छायाङ्कनमा प्रवीण भट्टको सम्पादन रहेको छ त्यस्तै भिडियोमा करिश्मा ढकाल र रमेश के.सिको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।