दुलोमा लुकेर किन घुर्की लगाउँछन नवराज सिलवाल ? - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

दुलोमा लुकेर किन घुर्की लगाउँछन नवराज सिलवाल ?



देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ५ घण्टापछि ट्वीट गर्दै फरार रहेका एमाले सांसद एवं पुर्वडिआइजि नवराज सिलवालले देउवाको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको उल्लेख गरे । उनको यो अभिव्यक्ति पछि सामाजिक सञ्जालमा उनीलाई नै गलत भन्नेहरू धेरै देखिए ।

उनको उक्त ट्वीट पछि भागेर दुलोमा बसेर कराउन सजिलो छ, गल्ती नगरेको भए किन भागेर लुक्नु जस्ता प्रतिक्रिया आइरहेका छन् ।

उनले लेखेका छन् ‘कानुनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ,’’।

सामाजिक सञ्जालमा सिलवालले चाहिँ उन्मुक्ति पाए, जस्ता अालाेचना भैरहेकाे छ । केपी ओलीको सरकार बनेपछि उनलाई उन्मुक्ति दिने धेरैको ठम्याई छ । किनकि उनलाई सुरुदेखि बोक्ने पनि उनी ओली नै हुन् ।