‘सिलवाल फेला परेनन्’ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

‘सिलवाल फेला परेनन्’



कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फारम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो ।बुधबार सोही पत्रको जवाफ दिदैं महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो । सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।

सरकारी दस्तखत छाप कीर्ते अनुसन्धानका क्रममा सिलवालसँग पनि बुझ्नुपर्ने भएको भन्दै उनलाई नियन्त्रणमा लिइ बुझाउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्र पठाएको थियो।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालको स्थायी ठेगाना ललितपुर रहेकाले काठमाडौं प्रहरीले उनको ठेगाना खुलाएर उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।

ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायो । काठमाडौं प्रहरीले पत्र काटेपछि सिलवाल आफ्नो निवासमा छैनन्। सिलवालले आफू कार्यक्रमको सिलसिलामा आफू मलेसिया पुगेको दाबी गरेका छन्। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डमा सिलवाल देश बाहिर गएको देखिदैन।