१ थान बन्दुक सहित १ सिकारी पक्राउ - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

१ थान बन्दुक सहित १ सिकारी पक्राउ



ललित जाग्री
चैत्र ३, मसुरिया, कैलाली

कैलालीको गौरीगंगा नगरपालिका ११ मा पर्ने पञ्चवटी सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्र बाट १ थान बन्दुक सहित १ जना सिकारी पक्राउ परेका छन् ।

बारबोर २ नाले बन्दुक सहित घोडाघोडी नगरपालिका १० लठैयाका ४४ वर्षीय जगराम चौधरी लाई सामुदायिक बन समन्वय समिति अन्तर्गतको चोरी सिकारी नियन्त्रण दलको गस्ती टोली सामुदायिक बन क्षेत्रमा गस्तीको क्रममा बन्दुक सहित पक्राउ गरेको हो ।

पञ्चवटी सामुदायिक वनको किनारा बाट सिकारी लाई घेराबन्दी गरी पछ्याउदै शैलेश्वरी सामुदायिक वनको सीमा क्षेत्र भित्रको आमखोईयामा बन्दुक सहित इलाका प्रहरी कार्यालय सुखडको जिम्मा लगाइएको छ । २ थान बन्दुक र हतियार सहित सुशोजित सिकारी टोली र चोरी सिकारी नियन्त्रण दल बिच जम्काभेट भएको थियो । उक्त सामुदायिक वनमा दैनिक सिकार हुने गरेको विशेष सूचना र बन्दुक चलेको आवाज आउने गरेकोले आकस्मिक गस्ती गरिएको थियो ।