भारतका पूर्वक्रिकेटर सिध्धुलाई जेल सजाय हुन सक्ने ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतका पूर्वक्रिकेटर सिध्धुलाई जेल सजाय हुन सक्ने !



एजेन्सी- चर्चित भारतीय पूर्वक्रिकेटर तथा हालका पञ्जाव प्रान्तका स्थानीय प्रशासन, पर्यटन, संस्कृति तथा पुरातत्व मन्त्री नवजोतसिंह सिधुलाई जेल सजाय हुन सक्ने भएको छ।

सन् १९८८ डिसेम्बर २७ मा पञ्जाबको पाटियालामा यात्रुमाथि दुर्व्यवहार र एक जनाको मृत्यु भएको आरोप लागेका उनीमाथिको मुद्दामा जेल सजाय तोक्ने वा नतोक्ने विषयमा सर्वोच्च अदालतले मुद्दा पुन: ब्युँताएको हो।  यसअघि उनलाई एक हजार भारतीय रुपैयाँ जरिवाना तिराइएको थियो। मुद्दामा एक जना व्यक्तिको मृत्यु तथा यात्रुमाथि दुर्व्यवहार गरिएको उल्लेख छ।

रुपिन्दर सिंह सन्धु र सिधु सवार गाडी पार्किङ गर्ने विषयमा अर्का सवारी चालक गुर्नाम सिंहसँग विवाद भएको थियो। सो क्रममा हात हालाहाल हुँदा गुर्नाम गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

यसअघि सर्वोच्चका तत्कालीन न्यायाधीश जे चेलेमेश्वर र सञ्जयकिशन कौलको संयुक्त इजलासले सिंहमाथि जरिवानाको फैसला गरेको थियो। परिवारले उक्त मुद्दामा पुन: सुनुवाइ गर्न अपिल गरेपछि हाइकोर्टले सो मुद्दामाथि विचार गर्न आदेश जारी गरेको थियो। सो फैसला मुताबिक सर्वोच्चका न्यायाधीशद्वय एएम खानविल्कर र सञ्जयकिशन कौलको संयुक्त इजलासमा आज पहिलो सुनुवाइ भएको हो।