सिद्धार्थ बिजनेश ग्रुपद्बारा २१ औं वार्षिकोत्सवका अवसरमा साहरा घरमा सहयोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिद्धार्थ बिजनेश ग्रुपद्बारा २१ औं वार्षिकोत्सवका अवसरमा साहरा घरमा सहयोग



काठमाडौं: मानवीय सेवा तथा विविध सामाजिक कार्य गर्दै सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी ले आफ्नो २१ औ वार्षिक उत्सव बुधबार मनाएको छ ।

देशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना २२ ओटा साखाहरुमा एकै साथ विभिन्न सामाजिक सेवा मुलक कार्य गर्दै आफ्नो बार्षिक उत्सव मनाएको हो। बार्षिक उत्सवका अवसरमा अनाथ बालबालिकाहरुलाइ खाद्यन र शैक्षिक सामाग्रीहरु वितरण , रक्तदान, सरसफाइ तथा डस्ट्विन बितरण का साथै पार्क हस्तान्तरण गरि आफ्नो बार्षिक उत्सव मनाएको हो। मानसिक तथा विभिन्न समस्याका कारण कैलालीको बर्दगोरियामा रहेको साहारा घरमा बस्दै आइरहेका ६२ जना असाहेहरुलाइ २ महिना खान पुग्ने गरि खाद्ययान सामाग्री वितरण गरि कैलालीको चिसापानीमा रहेको साखाले आफ्नो बार्षिक मनाएको छ ।

खाद्यान्न सामाग्री वितरण कार्यक्रममा जिल्ला सम्वनय समिती कैलालिका सभापति सुर्य बहादुर थापा, लम्की चुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी चिसापानी शाखाका प्रमुख याम कडेल तथा समाज सेविहरुको सहभागिता रहेको थियो । मानिस असल कर्म र उसको बिचारले ठुलो हुनेरहेछ सानो चिया पसल बाट सुरु भएको ब्यापारले आज देशका विभिन्न जिल्लाहरुमा आफ्नो शाखाहरु बिस्तार गरे सङगै धेरैलाई प्रत्येक्ष रुपमा रोजगारिमा जोडन सफल भएको देख्दा आफू धेरै खुसी भएको र अझै प्रगतिको पथ तर्फ लम्की रहोस भनी कैलाली जिल्ला सम्वनय समितिका अध्यक्ष सुर्य बहादुर थापाले शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

ब्यावसायलाइ मात्र प्राथमिकता नदिइ सामाजिक कार्य गरेर समाज बिकाश मा महत्वपूर्ण भुमिका खेलेको भन्दै सिद्धार्थ ग्रुपले पर्यटन व्यावसायमा समेत उल्लेखनीय सहयोग गरेको भन्दै विश्व व्यापारमा समेत यसले आफनो शाखा बिस्तार गरोस भनी लम्की चुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने शुभकामना व्यक्त गर्नु भएको थियोआफ्नो हरेक वार्षिकोत्सबका अवसरमा विभिन्न समाजिक कार्य गर्दै आइरहेको हुदा यस पटक पनि निरन्तरता दिएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी चिसापानी शाखाका प्रमुख याम कडेल बताउनु भएको छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको करिब २० लाख लागतमा निर्माण गरिएको कोहलपुर चौराहालाइ कोहलपुर नगरपालिकालाई हस्तान्तरण समेत गरेको छ । सिद्धार्थ ग्रुपले निकट भविस्यमा कंचनपुरको महेन्द्रनगर र झापाको बिर्तामोड बाट सेवा बिस्तार गर्न लागेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताएका छन । २०५४ सालमा कैलालीको टीकापुरमा नास्ता पसल बाट हस्पिटालिटी ब्यावासाय सुरु गरेको सिद्धार्थ ग्रुपका कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत,बुटवल,चितवनको चुम्लीङटार र काठमाडौंमा रेस्टुरेन्ट , होटेल, रेसोर्ट, ट्रेड ,क्याफे, ईन्स्टिच्यु , कृषि फार्म र सहकारी गरि २२ वटा साखाहरु रहेका छन् । बुधबार आफ्नो २१ औ बार्षिक उत्सवका अवसरमा आफ्ना सबै शाखाहरुमा ग्राहकलाई सेवामा १५ प्रतिशत छुट समेत दिएको थियो ।