एमएस धोनी र पीके जस्ता चलचित्र खेलेका सुशान्त राजपुतले गरे आत्महत्या - Himal Post Himal Post
  • ९ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 25 2024
Logo

एमएस धोनी र पीके जस्ता चलचित्र खेलेका सुशान्त राजपुतले गरे आत्महत्या



काठमाडौं- बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा काम गर्ने व्यक्तिले बान्द्रा प्रहरी चौकीमा आत्महत्याबारे जानकारी गराएको बिबिसी हिन्दीकी पत्रकार मधु पालले बताएकी छन् ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए ।

उनले शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए । उनी ३३ वर्षका थिए ।

मेरा दिल नाम गरेकाे टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए ।

उनले डेब्यू गरेको सिनेमा कई पो चे थियो । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बलिउडले यसै वर्ष इरफान खान र ऋषि कपुर जस्ता अब्बल कलाकारलाई गुमाएको थियो ।