नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। संक्रमितमध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ९७२ जना घर फर्किएका छन्।