शुक्रबार थपिएका ४२६ जनाको विवरण (जिल्लासहित)
काठमाडौं । नेपालमा तिब्र रूपमा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार मात्रै थप ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै हेटौडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।
जिल्ला सहितको विवरण:
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३ जना, बझाङका ३ जना, बाजुराका ८ जना, डडेल्धुराका ९ जना, र धादिङका एक जनासमेत कोरोना संक्रमित पाइएका छन्।
यस्तै, डोटीका १५ जना, गोरखाका ११ जना, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका २ जना र काठमाडौंका ३ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
यस्तै मकवानपुरका २ जना, मोरङका १ जना, म्याग्दीका १ जना, नवलपरासी पूर्वका २ जना, सिन्धुपाल्चोकका २१ जना, तनहुँका १९ जना, पर्वतका ५ जना, उदयपुरका २ जना, सिन्धुलीका १ जना र चितवनका १ जनामा समेत कोरोना भाइरसको संक्रमण पाइएको छ।
यस्तै, हेटौंडास्थित प्रयोगशालामा मकवानपुरका ६ जना, त्रिवि शिक्षण अस्तपाल प्रयोगशालामा बैतडीका ५ जना, पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा स्याङ्जाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, स्याङ्जाकै १ जना र बागलुङका ९ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
यस्तै पोखराकै प्रादेशिक क्षयरोग प्रयोगशालामा बागलुङका ६ जना र स्याङ्जाका १ जना समेत कोरोना संक्रमित पाइएका छन्।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना रुपन्देहीका २ जनामा कोरोना संक्रमण पाइएको छ।
यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा अछामका १ जना, कैलालीका ३ जना र कञ्चनपुरका २० जनामा समेत कोरोना संक्रमण पाइएको छ।
शुक्रबार ८८ जना महिला हुन् भने ३ सय ३८ जना पुरुष संक्रमित पुष्टि भएका हुन्।
शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् । भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।
शुक्रबार २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।