श्रृङ्खलाले गरिन ‘छक्का पन्जा ४’को फिल्म खेल्ने अफर रिजेक्ट - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

श्रृङ्खलाले गरिन ‘छक्का पन्जा ४’को फिल्म खेल्ने अफर रिजेक्ट



काठमाडौं – मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले फिल्म अफर रिजेक्ट गरेकी छन् ।

मिस नेपाल भएदेखि फिल्म अभिनय रुचिको विषय नभएको बताउँदै आएकी श्रृङ्खलाले ‘छक्का पन्जा ४’को अफर रिजेक्ट गरेकी हुन् ।

‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृङ्खलालाई आगामी सिरिज अभिनय अफर दिएकी थिइन् । श्रृङ्खलाले भने उक्त अफर अस्वीकार गरेकी छन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मुन्द्रेको कमेडी क्लब’को हालैको एपिसोडमा श्रृङ्खला अतिथिको रुपमा पुगेकी थिइन् ।

उक्त शोमा शोकी अध्यक्ष दीपाश्रीले उनलाई फिल्म अफर दिएकी थिइन् । तर उनले दीपालाई अफरका लागि धन्यवाद दिँदै फिल्म अभिनय नगर्ने तर उक्त फिल्मको पहिलो शो हेर्न चाहिँ आफू पुग्ने बताइन् ।
मिस नेपालको ताज लगाएका धेरै फिल्म अभिनयमा आएका छन् । तर श्रृङ्खला भने यो मावलामा अरु भन्दा फरक देखिएकी छन् ।

‘फिल्म मार्फत रिलको हिरोइन बन्नुभन्दा समाजसेवा मार्फत रियलको हिरोइन बन्ने रुचि आफ्नो रहेको छ ’ श्रृङ्खलाले भन्ने गरेकी छन् ।

हालै सम्पन्न मिस वर्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी यतिबेला देश तथा विदेश सबै तिर लोकप्रिय छिन् । उनको यो लोकप्रियतालाई ध्यानमा राखेर फिल्म अफर दिनको भिड पनि दिन प्रतिदिन बढ्दो छ ।