शृङ्खला खतिवडा पहिलो महिला प्रधानमन्त्री बन्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

शृङ्खला खतिवडा पहिलो महिला प्रधानमन्त्री बन्ने



काठमाडौं । विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी शृङ्खला खतिवडाले पहिलो महिला प्रधानमन्त्री बन्ने आफ्नो भावी लक्ष्य रहेको बताएकी छिन् । ‘मिस वल्र्ड त बन्न सकिन तर पहिलो नेपालको पहिला प्रधानमन्त्री बन्ने चाहाना छ’ चीनबाट फर्केपछि शुक्रवार पहिलो पत्रकार सम्मेलन गरेकी खतिवडाले भनिन् ।

शृङ्खलाको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो । उनका आमा बाबु दुवै जना सांसद छन् । बुवा विरोध खतिवडा संघिय सांसद छन् भने आमा प्रदेश ३ की सांसद छन् । राजनीतिक पृष्ठभूमिकी शृङ्खला पेशाले इन्जिनियर पनि हुन् । उनले नेपाल सवै क्षेत्रमा सक्षम भएपनि आर्थिकरुपमा कमजोर परेका कारण अन्तराष्ट्रिय क्षेत्रमा नेपालका नाम बद्नाम हुने गरेको बताइन । ‘नेपाललाई आर्थिकरुपमा समृद्ध बनाउन पनि राजनीतिक नेतृत्वमा आउन जरुरी छ’ उनले भनिन् ।

उनले दुई वटा अवार्ड जित्दा पनि आफु टप ५ मा पर्न नसकेको पीडा सुनाइन । तर मिस वल्र्डको फरमेट परिवर्तन भएका कारण आफु टप १२ बाटै बाहिरिएको बताएकी छिन् । विश्व सुन्दरी हुन नपाएपनि देशबासीले गरेको मायाप्रति भने आफु निकै खुसी भएको बताइन ।