नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने भारतीय विदेश सचिवको घोषणा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने भारतीय विदेश सचिवको घोषणा



काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाललाई आवश्यर्क पर्ने कोरोना भाइरस विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेअर्सले आज राजधानीमा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

“म नेपाली जनतासँग प्रतिबद्धता गर्छु- एकपटक कोरोना भाइरस विरुद्धको खोप बनेपछि नेपालको आवश्यकता पूरा गर्ने कुरा हाम्रो प्राथमिकतामा छ,” श्रींगलाले भने।

कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने अग्र मोर्चामा भारत रहेको उनले बताए। भारतमा पाँचवटा खोप उत्पादनको तयारी भइरहेको उनले जनाए। ती खोपहरु सबै अहिले परीक्षणको अवस्थामा रहेका छन्। खोपहरु सबै उमेर समूहमा परीक्षण भइरहेको उनले बताए।

“हामीले भारतको लागि काम गरिरहँदा नेपालको लागि पनि गरिरहेका हुन्छौं । हामी यो महामारीबाट सँगै मुक्त हुनेछौ र सँगै हाम्रा जनताको सुरक्षा गर्नेछौं,” भारतीय विदेश सचिव श्रींगलाले भने।