माओवादी तेस्रो भएपछि नारायणकाजीले गरे नेतामाथि यस्तो व्यंग्य - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

माओवादी तेस्रो भएपछि नारायणकाजीले गरे नेतामाथि यस्तो व्यंग्य



नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी स्थानीय निर्वाचनमा तेस्रो भएपछि सामाजिक संजालमा माओवादी नेताहरूलाई नै व्यंग्य गरेका छन् ।

उनले पद, शक्ति र अहं त्यागेमात्र पार्टी निर्माण हुने भन्दै माओवादी नेताहरू पदलोलुप भएकोले शक्ति र अहं त्याग्नुपर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन मतपरिणाम अन्तिम चरणमा पुगेको बेला श्रेष्ठले सरकार र पदमात्र सोचाई त्याग्न आग्रह गरे।

‘चुनावदेखि चुनावसम्म, पददेखि पदसम्म र सरकारदेखि सरकारसम्म मात्र सिमित हुँदै गए,’ श्रेष्ठले शुक्रबार दिउँसो लेखेका छन्, ‘देश, जनता, श्रमिक एवं उत्पीडित वर्ग, समुदाय, आदर्श, सिद्धान्त, मुल्य मान्यता, लक्ष्य र उदेश्यको विसर्जनको विन्दुमा पुग्यौं भने कम्युनिष्ट वा क्रान्तिकारी समाजवादी भनिरहनुको कुनै अर्थ हुनेछैन।’

‘पद, शक्ति र अहंलाई मार्गदर्शक बनाउन र त्यसको लागि जे सुकै गर्न र सोच्न छाडौं,’ श्रेष्ठले लेखेका छन्।

स्थानीय तहमा माओवादी केन्द्रले १ सय १३ पालिका जितेको छ। यस्तै, ११ तहमा अग्रता लिएर तेस्रो स्थानमा छ।

गोरखा जिल्लाका ११ पालिकामध्ये ९ पालिका जितेपछि वरिष्ठ नेता श्रेष्ठले माओवादीभित्र पद र पद शक्ति खोज्ने प्रवृत्तिको व्यंग्य गरेका हुन्।