सर्वोच्चको आदेश: पूर्वमन्त्री श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरी तत्काल अनुसन्धान गर्नु - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

सर्वोच्चको आदेश: पूर्वमन्त्री श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरी तत्काल अनुसन्धान गर्नु



काठमाडौं- सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ।  

३१ असारमा न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आदेश दिएको हो। 

रूपा सुनारले जातीय भेदभावको कसुरमा हिरासतमा रहेर अनुसन्धान गरिरहेको व्यक्तिलाई छुटाएर अनुसन्धान प्रभावित पारेको भन्दै पूर्वमन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट हालेकी थिइन्। 

मन्त्री पदमा बहाल रहेका कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा जातीय भेदभावको आरोपमा हिरासतमा रहेकी सरस्वती प्रधानलाई छुटाइएको थियो। 

सर्वोच्चले प्रधान कुन निर्णय वा आधारबाट हाजिरी जमानीमा छुटेकी हुन्, सोको जानकारी दिन पनि आदेश गरेको छ। त्यसैगरी प्रधानमाथिको अनुसन्धान २५ दिनभित्र पूरा गरी सोको जानकारी दिन पनि सर्वोच्चले आदेश दिएको छ।  

सरस्वती प्रधानले जातकै कारण आफूलाई कोठा नदिएको भन्दै रूपाले प्रहरीमा जाहेरी दिएकी थिइन्। रूपाको जाहेरीपछि प्रहरीले प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।