विप्‍लवसँग नारायणकाजीले भने: प्रचण्डले धोका दिए, माओवादीमा बस्न गाह्रो भयो - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

विप्‍लवसँग नारायणकाजीले भने: प्रचण्डले धोका दिए, माओवादीमा बस्न गाह्रो भयो



काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजीले सहमतिबीच माओवादीमा बस्न गाह्रो हुने बताएका छन् । एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्‍डसँग असन्तुष्‍ट रहेका नेता श्रेष्‍ठले नेकपा महासचिव विप्लवसँगको भेटमा माओवादीमा बस्न गाह्रो हुने सुनाएका हुन् ।

विप्लव निकट एक नेताका अनुसार एमसीसीमा प्रचण्‍डले धोका दिएको सुनाएका थिए । उनले प्रचण्डले मात्रै होइन नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले पनि एमसीसीमा धोका दिएको सुनाएका थिए । ‘पछिल्लो राजनीतिक अवस्थाबारे दुवै नेताबीच कुराकानी भयो,’ चन्द निकट ती नेताले भने, ‘एमसीसीमा नेतृत्वले धोका दियो । यसमा माओवादी नेतृत्वमात्रै होइन गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीको नेतृत्वले पनि धोका दियो । असहमतिबीच माओवादीमा बस्न गाह्रो छ भनेर श्रेष्‍ठले भन्नुभयो ।’

उनका अनुसार आगामी दिनमा सहकार्य गर्नेबारे समेत नेताद्वयबीच कुराकानी भएको थियो । नेकपा महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्‍टबीच धुव्रीकरण हुनुपर्ने धारणा राखेका थिए । विप्लवको प्रस्तावमा श्रेष्‍ठले सकारातमक जवाफ दिएको नेकपा ती नेताले बताए ।

गठबन्धनमा आवद्ध माओवादी र नेकपा एस एमसीसीको विपक्षमा थिए । अन्तिममा आएर दाहाल-नेपाल एमसीसीको पक्षमा खेलेका थिए । अध्यक्षद्वय एमसीसीका पक्षमा खुलेपछि दुवै पार्टीमा असन्तुष्‍टि बढेको छ । नेता श्रेष्‍ठले एमसीसी अनुमोदन भएको दिनलाई कालो दिनको रूपमा घोषणा गरेका थिए ।

नेता श्रेष्‍ठले असन्तुष्टि सार्वजनिकरूपमै पोख्न थालेपछि माओवादी अध्यक्ष प्रचण्‍डले मंगलबार निवासमै पुगेर भेटेका थिए । माओवादी अध्यक्ष प्रचण्‍डले असन्तुष्‍टि बाहिर छताछुल्न नपार्न आग्रह गर्दै आएको छन् ।