श्रीमतीलाई फोनको पासवर्ड नदिदा जिउँदै पेट्रोल छर्केर जलाइन् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

श्रीमतीलाई फोनको पासवर्ड नदिदा जिउँदै पेट्रोल छर्केर जलाइन्



काठमाडौं । श्रीमान श्रीमतीबीच सामान्यतया विवाद हुनु स्वभाविक हो । कहिलेकाहीँ स–साना कुराले उग्ररुप लिन्छ । इन्डोनेशियामा यस्तै घटना सार्वजनिक भएको छ । जसलाई सुनेर जो कोही अचम्म पर्छ । सोच्नै नसकिने बिषयले भयावह रुप लिएको छ ।

डेली मेलले बताए अनुसार एक इन्डोनेशियाली महिलाले आफ्नो श्रीमानलाई फोनको पासवर्ड मागेकी थिईन् । उनका पतिले पासवर्ड दिन मानेनन् । श्रीमतीको रिसको सीमा रहेन, श्रीमानलाई जिउँदै जलाएकी छन् । २६ वर्षीय युवकले मोबाईल पासवर्डकै कारण ज्यान गुमाउनु परेको छ ।

डेडी आफ्नो घरको छत मर्मत गर्दै थिए । उसकी श्रीमती इल्हाम चहयानी (२५ वर्षीया)ले उनलाई मोबाईल मागिन् । पासवर्ड दिन भनिन् । डेडीले पासवर्ड नदिने बताए । त्यसपछि दुवै जनाबीच झगडा शुरु भयो । भनाभनपछि डेडीले इल्हामलाई कुटपिट गरे ।

लडाइँपछि इल्हामले डेडीको शरीरमा पेट्रोल छर्किन् । र आगो लगाइदिईन् । डेडी पुरै जलिसकेका थिए र दुई दिनपछि उनको मृत्यु भयो । अहिले इल्हाम प्रहरीको नियन्त्रणमा रहेकी छन् । थप अनुसन्धान भइरहेको ईन्डोनेशियाली प्रहरीले जनाएको छ ।