श्रीमती र छोरी मिलेर नहकुलको घाँटी थिचेर हत्या - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

श्रीमती र छोरी मिलेर नहकुलको घाँटी थिचेर हत्या



सुर्खेत–सुर्खेतको सिम्ता गाउँपालिकामा मंगलबार एक जनाको हत्या भएको छ। श्रीमती र छोरी मिलेर सिम्ता–५ काप्रीचौर, तामचौरका ५७ वर्षिय नहकुलकुमार शाहीको हत्या गरेका हुन्।

मंगलबार राति ११ बजेतिर मदिरा सेवन गरेर घर आएका नहकुललाई ५२ वर्षीया श्रीमती तुल्सा शाही र २२ वर्षीया छोरी कल्पना शाहीले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता शंकर श्रेष्ठले दिएको जानकारी अनुसार ५२ वर्षीया तुल्सी (श्रीमती) र २२ वर्षीया कल्पना (छोरी) लाई बुधबार इलाका प्रहरी कार्यालय छिञ्चुले पक्राउ गरेको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा क्रममा दैनिक रुपमा रक्सी खाएर झै–झगडा गर्ने गरेकाले हत्या गरिएको पक्राउ परेका उनीहरुले स्वीकार गरेको प्रवक्ता श्रेष्ठले बताए। प्रहरीका अनुसार पक्राउ परेका श्रीमती र छोरीमाथि थप अनुसन्धान भइरहेको छ ।