श्रीलङ्काली सरकारले किन घटायो मृतकको सङ्ख्या ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

श्रीलङ्काली सरकारले किन घटायो मृतकको सङ्ख्या ?



एजेन्सी – श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइदिएको छ ।

श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई सय ५३ छ ।

श्रीलङ्काको राजधानी कोलोम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकर्ताले होटल र चर्चलाई निशाना बनाएका थिए । यो बिस्फोटमा सयौं घाइते भएका थिए ।

बिस्फोटमा मृत्यु हुनेमा धेरैजसो श्रीलङ्काली नागरिक थिए साथै थुप्रै विदेशी नागरिकको पनि मृत्यु भएको थियो । जम्माजम्मी ९ बिस्फोट भएको थियो र पुलिसले थुप्रैलाई हिरासतमा लिएका छन् ।

पुलिसले घटनामा संलग्न ९ जनाको तस्बिर सार्वजनिक गरेको छ । ९ मध्ये आठ हमलाकर्ताको पहिचान श्रीलङ्काली नागरिकको रुपमा भएको छ ।

सरकारले उक्त हमलामा इस्लामिक स्टेटको हात छ कि भनेर अनुसन्धान गरिरहेको छ ।