श्री शीतला उच्च मा.बिको खेलकुद मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जावासी सहयोगको अपिल - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

श्री शीतला उच्च मा.बिको खेलकुद मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जावासी सहयोगको अपिल



कर्ण अधिकारी।

स्याङ्जा जिल्ला क्षेत्र नं १ पौवै गौडे गाउँ विकास समिति अन्तर्गत पर्ने श्री शीतला उच्च माध्यमिक विद्यालयको विद्यार्थी भाइ बहिनीहरूको पढाइको साथ साथै खेलकुद प्रति लगाव बढाइ भविष्यमा राम्रो खेलाडी उत्पादन गर्न सकियोस भन्ने सोचका साथ यस क्षेत्रका राजनितिकर्मी,बुद्धिजीवी वर्ग र स्थानीय जनताको छलफल पश्चात् विद्यालय भवन नजिक विद्यालयकै स्वामित्वमा रहेको खुल्ला जमिनलाई खेलकुद मैदान निर्माण गर्ने लक्ष्य तय गरिएको छ।उक्त निर्माण समितिको अध्यक्ष बेल बहादुर थापा र गैर आवासीय नेपाली सङ्घ मकाउका सदस्य स्याङ्जा वासी नरेश कार्कीले सबै सँग सहकार्य गरी रहेका छन्।उक्त रकम सङ्कलनको सम्पूर्ण जिम्मेवारी नरेश कार्कीले लिनु भएको छ भने उठेको रकमलाई पारदर्शी तवरबाट चन्दादाताहरू माझ प्रस्तुत पनि गरिने कुरा प्रस्ट पार्नु भएको छ।

उक्त खेलकुद मैदानमा बास्केट बल ग्राउण्ड,भलिबल ग्राउण्ड र फुटबल ग्राउण्ड समेत निर्माण गर्ने सोच भएको हुँदा उक्त मैदान निर्माणका लागि डोजरको व्यवस्था स्याङ्जा जिल्लाका नेपाली काँग्रेसका सभासद् राजु थापा र नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ का नेता बुद्धि शाहीले उपलब्ध गराउने प्रति बद्धता व्यक्त गरेका छन् भने उक्त डोजरका लागि तेल देखि लिएर ड्राईभरको भत्ता लगायत अन्य व्यवस्था निर्माण समितिले नै गर्नु पर्ने हुँदा उक्त निर्माण कमिटिका अध्यक्ष बेल बहादुर थापा र नरेश कार्कीले नेपालमै रहनु भएका स्याङ्जा वासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू र स्याङ्जाबाट बिदेशिनु भएका विदेशमा कार्यरत रहेका त्यस भेगका स्थानीय वासीहरू सँग खेल मैदान निर्माणका लागि सहयोग जुटाई दिनु हुन हार्दिक अपिल गर्नु भएको छ साथै तपाईँहरूको सहयोग पाई हामीले विद्यालयको खेलकुद मैदान निर्माण गर्न सक्ने छौ भन्ने आशा राखेका छौ।