श्रीकृष्ण जन्माष्टमी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

श्रीकृष्ण जन्माष्टमी



काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ।

भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ। आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आज राति भजनकीर्तन गरी रातभर जाग्राम बस्ने चलन पनि छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा दिएको शुभकामनामा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भन्ने सन्देश दिएकी छिन्। उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन्।

आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेको छ। तर, यो वर्ष कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण मेला स्थगित गरिएको छ।

त्यसैगरी विष्णु बुढानीलकण्ठ, कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम लगायतमा पनि पूजा हुन्छ। यो वर्ष ती ठाउँमा पनि मेल स्थगित गरेर भिड जम्मा हुन रोक लगाइएको छ। ती मन्दिरमा विधिपूर्वक पूजा मात्र हुनेछ।