श्रम सम्झौता भयो तर अधिकार छैन - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

श्रम सम्झौता भयो तर अधिकार छैन



काठमाडौं – वैदेशिक रोजगारीका लागि सरकारले खुला गरेका १ सय १० मुलुकमध्ये मलेसियाभन्दा अघि ७ वटा मुलुकसँग श्रम सम्झौता भएका छन् । तर तिनको कार्यान्वयन फितलो हुँदा नेपाली कामदारको अधिकार संरक्षण हुन सकेको छैन ।

कतार, जोर्डन, इजरायल, यूएई, बहराइन, जापान, कोरियासँग श्रम सम्झौता भए पनि ठूलो संख्यामा नेपाली कार्यरत खाडीकै साउदी अरब, कुवेत र ओमनसँग श्रम सम्झौता भएको छैन ।
यसअघि गरिएका सम्झौतामा कार्यस्थल र बासस्थानमा हुने दुर्घटनालाई समेट्ने गरी २४ घण्टे बिमा नहुँदा कामदार सबैभन्दा बढी मर्कामा परेका छन् । खाडी र मलेसियामा दुर्घटनामा मृत्यु भएका ६० प्रतिशत कामदारले क्षतिपूर्ति नपाएको श्रम मन्त्रालयको तथ्यांक छ ।

कति देशमा कार्यस्थलको दुर्घटनाको मात्रै बिमा गरिने हुँदा सडक वा बासस्थानमा भएका दुर्घटनाको उपचार खर्च कामदारले पाउन सकेका छैनन् । उपचार खर्च बेहोर्न नसक्दा अस्पतालमै बन्धक बनेर बस्न बाध्य छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।