शोएब मलिकको सन्यास घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शोएब मलिकको सन्यास घोषणा



एजेन्सी – पाकिस्तानका अलराउण्डर शोएब मलिकले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन३ । विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गर्यो । यो खेलमा शोएब पाकिस्तानको प्लेइङ इलाभेनमा थिएनन् ।

खेल सकिएपछि मलिक मैदानमा आउँदा पाकिस्तानी खेलाडी दुई लाइमा उभिएर उनलाई गार्ड अफ अनर दिए । २० वर्षको एक दिवसीय खेल जीवन अन्त्यको घोषणा गर्दै मलिकले भनेका छन्, ‘मैले पहिले नै भएको थिएँ कि विश्वकपपछि एक दिवसीय क्रिकेटबाट बिदा हुनेछु । आज यहाँ यसको घोषणा गर्दछु । सबै समर्थकहरुलाई उहाँहरुले दिनु भएको प्रेमका लागि आभारी छु ।’

मलिकले सन् १९९९ को अक्टोबरमा वेष्ट इन्डिजसँगको खेलबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । पाकिस्तानका लागि उनले कुल २८७ एक दिवसीय क्रिकेट खेलेका छ । जसमा उनले नौ शतक र ४४ अर्धशतकको सहयोगमा ७ हजार ५३४ रन बनाएका छन् । मलिकले १५८ विकेट लिएका छन् ।