स्वास्थ्यकर्मीहरुको योगदानलाई प्रसंशा गर्दै शिविर - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्वास्थ्यकर्मीहरुको योगदानलाई प्रसंशा गर्दै शिविर



काठमाडौं- अन्तराष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङ फाउन्डेसन नेपालले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको योगदानलाई प्रसंशा गर्दै ४ दिने अनलाईन “आइ एक्सेल होलेस्टिक वेयेलबिइङ” भन्ने कार्यक्रम संचालन गरेको छ ।

यो कार्यक्रमद्वारा तनाव कम गर्न र रोगप्रतिरोधात्मक शक्ति बढाउने उपायहरु सिकाइएको छ । कार्यक्रमले स्वास्थ, कर्पोरेट, तथा समाजसेवामा खटेका व्यक्तिहरुको शरिरिक तथा मानसिक स्वास्थलाई सुदृढ गराउन मद्दत गर्ने अपेक्षा गरिएको शिविरकि सहजकर्ता निभा माथेमा प्रधानले जानकारी गराइन ।

कार्यक्रममा डाक्टर, नर्स र स्वयमसेवक हरुको सहभागीतालाई विशेष जोड दिईएको थियो । विभिन्न क्षेत्रमा कार्यरत १५५ सस्था बाट ३८० भन्दा धेरै ब्यक्तिहरु यस कार्यक्रममा सहभागी हुनु भएको छ । असार ४ गते सुरु भएको उक्त कार्यक्रम आज बेलुकी ५ बजे समापन हुदै छ ।

उक्त कार्यक्रममा अल नेपाल हस्पिटल, अन्नपूर्ण न्युरोलोजिकल हेल्थ एण्ड साइन्स, सिभिल सर्भिस हस्पिटल, मौलाकालिका हस्पिटल, भेरी हस्पिटल, वीर हस्पिटल, ग्राण्डी इन्टरनेसनल हस्पिटल, कान्तिबाल अस्पताल, मनमोहन मेमोरियल टिचिङ हस्पिटल, नेपाल एम्बुलेन्स सर्भिस र नेपाल ट्रमा सेन्टर जस्ता स्वास्थ संस्था बाट पनि सहभागीता थियो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पस, इन्जिनियरिङ कलेज, काठमाडौ युनिभर्सिटी, किस्ट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मदनभण्डारी मेमोरियल कलेज जस्ता कलेजहरुबाट पनि यो कार्यक्रममा सहभागिता रहेको थियो ।

यसका साथै एसियन डेभलपमेन्ट बैंक, सेन्चुरि बैंक, सिभिल बैंक, ग्लोबल आइ.एम.ई बैंक, एन.एम.बि बैंक, प्राइम बैंक, राष्ट्रिय बाणिज्य बैंक, स्ट्यान्डर्ड च्याटर र सनराइज बैंकका कर्मचारीको रहेको सहभागीता रहेको थियो ।

यसका साथ साथै टिम नेपो, भि.सि.एन, युथ फर नेपाल, नेपाल हेल्थ कर्पस जस्ता सामाजिक सस्थाहरुबाट पनि यो कार्यक्रममा सहभागीहरु उपस्थित थिए । डिपार्टमेन्ट अफ फोरेन डेभलपमेन्ट, डिपार्टमेन्ट अफ मनि लौन्डेरिंङ् इन्भेस्टिगेसन, दोलखा जिल्ला अदालत, नेपाल आर्मी, नेपाली सेना, सर्बोच्च अदालत जस्ता सरकारी सस्थाबाट पनि सहभागीहरु थिए ।

यसैगरी नेसनल लाइफ इन्स्योरेन्स, म्युजिक नेपाल, युनाइटेड इन्स्योरेन्स, कान्तिपुर टेलिभिजन डाफे न्युज जस्ता सस्थाबाट पनि सहभागीता रहेको थियो । मार्च २२ बाट सुरु भएको देशब्यापी बन्दाबन्दीका कारण मानसिक स्वास्थका लागि तन्दुरुस्ती जरुरी भयो ।

कोभिड-१९ को महामारीले गर्दा गरिएको लकडाउनका कारण सबै क्षेत्र र मानिसलाई असर पर्न गयो । महामारीको कारणले पनि मान्छेहरुमा मानिसिक तनाव बढ्दै गएको र यस्ता कार्यक्रमले केही हदसम्म सकारात्मक विकास गर्ने आशा गरिएको छ ।