नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ बाट पाण्डे समानुपातिकमा सिफारिस - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ बाट पाण्डे समानुपातिकमा सिफारिस



हिमाल पोस्ट /असोज २४ 

नेपाली  कांग्रेसका युवा नेता शिव देव पाण्डे अर्घाखाँची  क्षेत्र नम्बर १ बाट प्रदेश सभा निर्वाचनमा  समानुपातिक  उम्मेदवार सिफारिस भएका छन् । सो क्षेत्रबाट समानुपातिक  उम्मेदवारका लागि सिफारिस भएका पाण्डे   समाजसेवी   रुपमा चिनीन्छन् ।

अर्घाखाँची, छत्रदेव गाउपालीका ६, ठूलापोखरा दहनेटामा मध्ययम परिवारमा जन्मेका पाण्डे आफु वैदेशिक रोजगारको शिलशिलामा कुवेतमा रहंदा अलपत्रमा परेका कयौं नेपालीहरुलाई उद्धार गरेका थिए  । उनले ११ वर्षमा नै पोलियो भई शारीरिक अशक्त भएका शिक्षक कृष्ण प्रसाद पौडेलको जीवनयापनको लागि काठमाडौं ल्याई रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीको सहकार्यमा विभिन्न सञ्चार माध्यममा प्रचार÷प्रसार गराउनुको साथै विभिन्न शक्ति केन्द्रमा धाई ठूलो प्रयासपछि रु.१० लाख रुपैयाँ निकासा गर्न समेत सफल भए ।

उनले नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेललाई आफ्नो जन्म स्थलमा लगी ८० वर्षका वृद्धवृद्धाहरुलाई सम्मान साथै नेपाल राष्ट्र माध्यामिक विद्यालयलाई रु.२४ लाख रुपैया निकासा गरी सयौं विद्यार्थीको भविष्यलाई उज्जल बनाउन समेत लागिपरी उदारणीय काम गरेको कुरा स्थानीय वासीहरु बताउँछन् ।

लामो समय देखि संगठन रहेर उनले काम गर्दै आएका छन्  ।अबको चिन्ता भनेको गाउँको विकाश र आर्थिक निकाश रहेको उनको   भनाई छ ।