सर्वोच्चमा बहस चल्दैगर्दा राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

सर्वोच्चमा बहस चल्दैगर्दा राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री



काठमाडौँ– संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका छन् ।

प्रधानमन्त्रीओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतलनिवासमा केहीबेर छलफल भएको बताइएको छ । आइतबार राष्ट्रपति निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गरेको बताइएको छ । तर भेटमा भएका कुराकानीबारे बाहिर खुलाइएको छैन।

संसद पुनर्स्थापनाको बिषयमा सर्वोच्चमा बहस चलिरहेकै समयमा प्रधानमन्त्री र राष्ट्रपतिबिचको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।