पूर्वप्रधानमन्त्री लगायत प्रमुख नेताहरूलाई राष्ट्रपतिले निवासमा किन डाकिन ?
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवास बोलाएकी छन्।
आज अपरान्ह ४ बजे राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफलका लागि पूर्वप्रधानमन्त्रीहरुसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई राष्ट्रपतिको कार्यालय शितलनिवासमा बोलाएकी हुन् ।
राष्ट्रपतिको सचिवालयका तर्फबाट नेताहरुलाई राष्ट्रपति भण्डारीले भेटघाट गर्न खोज्नुभएको भन्दै खबर गरिएको छ । प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाकै वरिष्ठ नेताद्वय तथा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, समाजवादी जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका दलका नेताहरु राष्ट्रपतिसँगको भेटघाट र छलफलमा सहभागी हुनेछन् ।
छलफलमा नेपालको नयाँ नक्सा प्रकाशन लगाएतका काममा राजनीतिक दलहरुको एकताप्रति राष्ट्रपतिले नेताहरुमार्फत धन्यवाद दिने बताइएको छ । एमसीसीका विषयमा पनि गम्भीर छलफल हुनसक्ने बताइएको छ ।