सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- सिरहामा मंगलबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित सबै भारतबाट आएको खुलेको छ। संक्रमित हुनेहरुमा भगवानपुर गाउँपालिका–४ का ३६, २६, २९, ३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिका–१ का १८ वर्षीय युवक छन्।

सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले संक्रमित सबैलाई महेन्द्र गेहेनाई कोरोना अस्पतालमा राखेर उपचार थालिएको जानकारी दिए।

‘संक्रमित सबै जेठ २ गते भारतबाट आएको र आफ्नै पालिकाको क्वारेन्टिनमा बसेका हुन्’ गरागाईले भने,‘सबैको स्वास्थ्य अवस्था सामान्य छ।’

प्रदेश सामाजिक विकास मन्त्रालयले काठमाडौंस्थित प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

भगवानपुर गाउँपालिका–४ बिसौलका संक्रमितमध्ये दुई जना दाजुभाइ हुन्। दाजुभाइ भारतको हरियाणा गुडगाउँबाट घर आएका थिए।

सिराहामा योसँगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ। यसअघि सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका साउदी अरबबाट आएका ३० वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो।