अब सिंहदरबार प्रवेशमा कडाई, यस्तो छ नया ब्यबस्था - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब सिंहदरबार प्रवेशमा कडाई, यस्तो छ नया ब्यबस्था



काठमाडौं- यदि तपाई पहिले जसरी नै सिंहदरबारमा अवस्थित मन्त्रालयहरु, प्रधानमन्त्री मातहतका मन्त्रालय तथा प्रशासनिक निकाय जाँदै हुनुहुन्छ भने सजिलै प्रवेश पाउन सक्‍नुहुन्‍न।किनकी सिंहदरबारमा अब एउटा पास लिएर धेरै वटा मन्त्रालय जान गृहमन्त्री मन्त्रालयले रोक लगाएको छ। गृहमन्त्रालयले उच्च सुरक्षा खतरा र भिडभाड भएको भन्‍दै चाँडै नै नयाँ नियम सिंहदरबार प्रवेशमा रोक लगाउने तयारी गरेको हो।

गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा प्रमुख इन्द्रजित राईले देश सञ्‍चारसँग कुरा गर्दै भने ‘हामी चाँडै नै सिंहदरबारभित्र एउटा पासले एउटा मात्र मन्त्रालयमा सर्वसाधारण,उच्च ओहदाका कर्मचारी (भीआइपी र भीभीआइपी)लाई प्रवेश गर्ने व्‍यवस्था मिलाउँदैछौ। जसलाई जुन मन्त्रालयमा काम हुन्छ, त्‍यही मन्त्रालयमा मात्र जान पाउनेछन्।शिक्षा मन्त्रालयको पास लिएर स्वास्थ्य मन्त्रालय जान पाउने छैनन्। गएमा कारबाही हुन्छ। यसका लागि हामी तयारीमा जुटिरहेका छौ। यसपछि पुरानो पास व्‍यवस्थालाई हटाउँनेछौ।’ हाल सिंहदरबार भित्रका प्रत्‍येक मन्त्रालयले सर्वसाधारण, भीआइपी र भीभीआइपीको लागि एउटै पासबाट सम्पूर्ण मन्त्रालय प्रवेश दिइरहेका छन्।

राईका अनुसार नयाँ सिष्टम अनुसार अब सिंहदरबारको सम्पूर्ण गेटमा पावरफुल सीसीटीभी क्‍यामेरा राखिनेछ।उनले भने ‘सिंहदरबारको सुरक्षा बलियो बनाउनका लागि अटोमेशन गर्ने तयारीमा छौ।सिंहदरबारको सम्‍पूर्ण गेटमा सीसीटीभी र ‘बडी स्क्यानर’ समेत जडान गर्ने सोचमा छौ।यसले सिंहदरबारमा प्रवेश गर्न आएका कुनै पनि भिजिटरमाथि शंका लागेमा उसलाई तत्काल त्‍यही ठाउँमा प्रहरीले पक्राउ गर्नेछ।’

सिंहदरबारभित्र प्रवेश गर्दा भिजिटरले आफ्नो आधिकारिक कुनै सरकारी कागजात वा प्रमाणहरु राख्‍नु पर्ने उनले बताए।उनले भने, ‘भिजिटरले सिंहदरबार प्रवेशअघि सकारी कागजात वा प्रमाण बुझाउनु पर्ने हुन्छ। साथै धेरै सुरक्षा पोस्टहरु खडा गरिनेछ।’

उनले यसका लागि कानुन निर्माणकर्ता, पूर्वमन्त्रीहरु र राजनीतिक दलका नेता मन्त्रीहरुलाई पनि यही नियम लागू हुने बताए। उनले भने ‘कानून निर्माता, पूर्वमन्त्री तथा नेताहरुलाई पनि यही नियम लागू गर्ने तयारीमा जुटेका छौ।’