देउवाले निवासमै बैठक राखेपछि प्रकाशमान ‘फायर’
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा केन्द्रीय समितिको बैठक राखेको भन्दै आपत्ति जनाएका छन् ।
जिल्ला कार्यसमिति, काठमाडौंले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देउवाको व्यवहारप्रति असन्तुष्ट जनाएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भनेम ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक कार्यालयमा राख्नु पर्यो नि, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या ?’
सुरूमा सानेपा भनेर बैठक आह्वान गरेको भए पनि अन्तिम समयमा बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको थियो ।
नेता सिंहले पछिल्लो समय देउवाप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।