शिल्पा र छविको के तमासा हो ? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

शिल्पा र छविको के तमासा हो ?



भनिरहनु नपर्ला, नेपाली फिल्म क्षेत्रमा निर्माता छविराज ओझा र फन्डा पर्यायजस्तै छन्।

तेश्रो घरबास विग्रिसक्दा पनि उनको व्यक्तिगत जीवन मिडियामा छताछुल्ल हुन छाडेको छैन।

पछिल्लो समय उनले चौथी श्रीमतीको रुपमा आफूभन्दा २० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग विवाह गरेको खुलासा छविकी पूर्व पत्नी नायिका रेखा थापाले गरेकी छन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

यसै हप्ता छविकी तेश्री पत्नी रेखाले एक स्मारिकामार्फत् छवि र शिल्पाबीच दुई वर्ष अगाडि नै विवाह भइसकेको सार्वजनिक गरेकी हुन्।

छवि र शिल्पाले दुई वर्ष अघि नै विवाह गरेपनि यो विषयलाई उनीहरुले लुकाईरहेको रेखाको भनाई छ। तर छविकी चौथी श्रीमतीको रुपमा नाम जोडिएकी शिल्पाले भने आफूहरुले विवाह नगरेको दावी गरेकी छन्।

उनले आफू र छविबीच विवाह भएको प्रमाण भए सार्वजनिक गर्न पनि रेखालाई चुनौति दिएकी छन्।