आफ्नै पार्टीभित्र शिक्षामन्त्री देवेन्द्र पौडेलको चर्को आलोचना - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

आफ्नै पार्टीभित्र शिक्षामन्त्री देवेन्द्र पौडेलको चर्को आलोचना



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विवादित बन्दै गएका छन् । मन्त्रालय सम्हालेको लामो समयसम्म पनि जनपक्षीय काम नगरेर एकपछि अर्को विवादित काम गरेको भन्दै आफ्नै पार्टीभित्र समेत उनको आलोचना हुन थालेको छ ।

पार्टीको महाधिवेशन चलिरहेका बेला छोरीलाई अमेरिका पठाएर चर्चा र विवादमा मुछिएका मन्त्री पौडेल मन्त्री बनेको लामो समय बित्दा पनि शिक्षा क्षेत्रमा केहि गर्न नसकेको, जनपक्षीय योजना ल्याउन नसकेको भन्दै आलोचित हुन थालेका छन् ।

शिक्षा क्षेत्रमा व्यापारीहरुको वढदो मनपरीतन्त्र नियन्त्रण गर्न नसकेको भन्दै नेताहरूले नै आवाज उठाउन थालेका छन् । यस्तै आफ्नै पार्टीका प्रभावाली युवा नेता लेखनाथ न्यौपानेले आफ्नै पार्टीका शिक्षामन्त्रीमाथी सामाजिक सञ्जालमै कडा आलोचना गरेका छन् ।

शिक्षा क्षेत्रमा व्यापारीहरुको वढदो मनपरीतन्त्र नियन्त्रण गर्न नसकेको भन्द्यै पूर्व विधार्थी नेता समेत रहेका न्यौपानेले अहिले यसैगरी शिक्षामा व्यापारीहरुले मनपरी गरिरहने हो भने पञ्चायतका शिक्षामन्त्री र गणतन्त्रका शिक्षामन्त्रीबीचमा के फरक रहन्छ ? भन्दै प्रश्न समेत उठाएका छन् ।

चुनाव लड्ने, सरकारमा जाने, समाजवादको आधार बनाउने, विचौलीया र माफियाहरुलाई के गर्ने ? भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाँउदै नेता न्यौपानेले भनेका छन्, – बनिबनाऊ प्रतिक्रियावादी राज्यसत्तामा गएर कम्युनिस्टहरू (कति प्रतिशत कम्युनिस्ट हुन् अर्को विषय भयो) ले जनताको पक्षमा खास काम गर्न सक्दैनन् भन्ने विषय स्वास्थ्य माफियाहरुको दादागिरी हेरे पुग्दैन र ? माओवादीको शिक्षामन्त्री हुने अनि शिक्षा व्यापारीहरुको मनपरीतन्त्रको मारमा नेपाली शिक्षा क्षेत्र र विद्यार्थी परिरहने हो भने पंचायतका शिक्षामन्त्री र गणतन्त्रका शिक्षामन्त्रीबीचमा के फरक भयो र ?