शिक्षामन्त्री फोन अफ गरेर भागेपछि डा. केसीसँगको वार्ता भाँडियो - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

शिक्षामन्त्री फोन अफ गरेर भागेपछि डा. केसीसँगको वार्ता भाँडियो



काठमाडाैं- चिकित्सा शिक्षा सुधारका माग राखेर अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता बिना भांडिएको छ। २६ दिनदेखि डा. गोविन्द केसी अनसनमा छन् ।

सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच शुक्रबार राति ९ बजेदेखि शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारी टोली अनुदार देखिएकोले वार्ता विफल भएको बताइएको छ

केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीका अनुसार सरकारी टोली निकै अनुसार देखिएको बताइएको छ । सहमति आजै गरेर राति नै डा. केसीको अनशन तोडाउने तयारी थियो।

बिहीबार पनि विभिन्न चरणमा वार्ता भएको थियो। सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट क्षेत्रीको संयाेजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको छ।

वार्ता एइफल भएपछि संयोजक डा. क्षेत्रीले सरकारले छलछाममात्र गरेर नतिजामुखी वार्ता नगरेको आरोप लगाए।

वार्ता मात्रै लम्ब्याएर सरकार डा. केसीको ज्यान जोखिममा पार्न चाहेको उनले आरोप समेत लगाए । उनले अब अब थप सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

वार्तामा बोलाएर सरकारी पक्ष आफैंले गरेको समझदारीबाट पछि हटेको बताउँदै क्षेत्रीले बिहीबार भइसकेको सहमतिमा पनि सरकारी पक्षले हस्ताक्षर गर्न नमानेको बताए।

शिक्षामन्त्रीले गोविन्द केसीप्रति दुराशय राखे उनीहरूले बताएका छन । आफ्नै वार्ता टोलीसँग शिक्षामन्त्री सम्पर्कविहीन बनेको बताइएको छ । शिक्षामन्त्रीसँग सम्पर्क नै हुन नसकेको भन्दै सरकारी वार्ता टोली पछि हटेको थियो ।