शिक्षा क्षेत्रमा सरकारी लगानी ब्यापक बढाउने तयारी भैरहेको छ: राज्यमन्त्री श्रेष्ठ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

शिक्षा क्षेत्रमा सरकारी लगानी ब्यापक बढाउने तयारी भैरहेको छ: राज्यमन्त्री श्रेष्ठ



काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन्।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने बताए। शनिबार काठमाडौंको सानो भर्‍याङस्थित स्वस्ती श्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउने काममा सरकार लागिपरेको बताए।

‘अब संघीय कानुन बनिसकेपछि तीनवटा कानुन बन्दैछ। एउटा स्कुल लेबलको कानुन‚ टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ‚’ उनले भने‚ ‘त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ।’

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान समेत गरे।