शिखर धवनको सानदार शतक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

शिखर धवनको सानदार शतक



एजेन्सी । इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीताको अष्ट्रेलियाविरुद्धको खेलमा भारतका ब्याट्‍सम्यान शिखर धवनले शतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा शिखरको यो १७ औं शतक हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि इनिङको सुरुवात गर्न आएका धवनले ९५ बलमा शतक पूरा गरेका हुन । शतक बनाउने क्रममा धवनले १३ चौका  प्रहार गरे । शिखरको शतकसँगै भारत बलियो अवस्थामा छ । यसअघि भारतका लागि रोहित शर्माले ५७ रन बनाएका थिए ।