अस्थायी शिक्षकको तलव बढ्यो - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

अस्थायी शिक्षकको तलव बढ्यो



काठमाडौं -सरकारले करार र अस्थायी दरबन्दीमा कार्यरत शिक्षकको न्यूनतम तलव १५ हजार पु-याएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेले आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

तलवका लागि संघीय सरकारले ८ हजार दिने र बाँकी रकम स्थानीय तहले व्यहोर्ने व्यवस्था मिलाइने उनले बताए । त्यस्तै सरकारल ३५ लाख विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री पौडेलले प्राथमिक तहमा बढी भएको दरबन्दी माथिल्लो तहमा लगिने र बढी भएमा दरबन्दी खारेज गरिने पनि बताए । विज्ञान गणीत र अँग्रेजीका शिक्षाका लागि विद्यार्थी संख्याको अनुपातमा थप शिक्षको व्यवस्था गर्ने पनि उनले बताए ।

बजेटमा सबै सामुदायीक विद्यालयमा इन्टरनेट २ वर्षभित्र इन्टरनेटको व्यवस्था गरिने, विद्यालय जान नपाएका विद्यार्थीकालाई शैक्षिक पोर्टल तथा नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि बताए ।

एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था गर्नुका साथै शैक्षिक सत्र शुरु हुँदा विद्यार्थीको आँखा, नाक, कान, घाँटीको अनिवार्य जाँचको व्यवस्था गरिने बताए ।