शिक्षकको कुटाइबाट कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु  - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

शिक्षकको कुटाइबाट कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु 



बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।

कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् ।