शिक्षकको याताना बाट विद्यार्थीले आत्महत्या गरेको भन्दै प्रदर्शन - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

शिक्षकको याताना बाट विद्यार्थीले आत्महत्या गरेको भन्दै प्रदर्शन



बुटवल । शिक्षकको याताना बाट आफ्ना सहपाठी विद्यार्थीहरुले आत्महत्या गरेको भन्दै बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजका विद्यार्थीहरुले प्रदर्शन गरेका छन । शिक्षकले अनावश्यक लान्छना लगाउदा सहपाठी विद्यार्थीले ‘आत्महत्या’ गरेको भन्दै उनीहरुले सडकमै आएर प्रदर्शन गरेका हुन । कक्षा १२ मा पढ्ने रुपन्देहीको सालझण्डी घर भएका विक्रम सापकोटाले शुक्रबार दिउसो घरमै आत्महत्या गरेका थिए ।

शुक्रबार विहान कलेज पढ्न आएका विक्रमलाई मदिरा खाएर आएको भन्दै कलेज प्रशासनले अभिभावकलाई खवर गरिदिएको थियो । ‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुसभन्दा पनि कलेजले वेवास्था गरी घरमा खबर गरिदियो, त्यही टर्चरले उसले आत्महत्या ग¥यो, कलेजका एक सहपाठीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
कलेज नजिकैको क्यानटिनबाट निस्किएका विक्रम र उनका साथीलाई कलेज प्रशासनले मदिरा खाएको भन्दै हातपात गरेको विद्यार्थीको भनाई छ । विगतमा पनि यस्ता घटना कलेजले गर्दा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले घटनाको सही अनुसन्धान गर्न प्रशासनसंग माग गरेका छन् ।

शनिवार दिउसो बुटवलमा प्रदर्शन गरेका उनीहरु आज विहानैदेखि फेरि प्रदर्शन गरेका छन् । कलेजले भने गलत क्रियाकलाप गरेको आशंकामा विक्रमलाई सामान्य ढंगले सम्झाएको बताएको छ । विद्यालयका प्राचार्य दिनेश भुसालले कलेजमा आएका विद्यार्थी विहानै ४५ मिनेटसम्म कक्षा कोठामा नआएको र पछि कोठामा आउंदा विक्रम संगैका साथीले मादक पदार्थ सेवक गरी विद्यालयमा आएको बताए ।

मादक सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर उनको जिम्मा लगाएको र विक्रमको परिबारलाई पनि फोनबाट गलत संगतमा छोरो लागेको जानाकारी मात्र गराएको उनले बताए । कलेज सकिसकेपछि कलेज बसमै घर पुगेका उनको पछि आत्महत्या गरेको खवर विद्यालयमा आएको प्राचार्य भुसालको भनाई छ ।Karnali news बाट