गोप्य राख्न खोजेको सुचना चुहिँदा बिहे नहुँदै शेरधनलाई तनाव
काठमाडौं- केहि महिना अगाडी बालिका गिरी नामक युवतीले आफ्नो श्रीमान कायम गर्न भन्दै अदालतमा मुद्दा हालेर विवादमा तानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको २० वर्षीय युवतीसँग बिबाह हुने हल्लाले तनावमा परेका छन् ।
आफूभन्दा २९ बर्ष कान्छी युवतीसँग बिबाह बन्धनमा बाँधिन लागेका राईले गुपचुप राख्न खोजेको कुरा बाहिरिएपछि उनी तनावमा परेका हुन् । मिस मङ्गोल शेर्पा २०१८ बिजेता २० बर्षीय जाङ्मु शेर्पासँग बिबाह बन्धनमा बाँधिन आँटेका ४९ वर्षीय राईबीच अनमेल बिबाह हुन लागेको हो ।
यस्तो अनमेल बिबाह कानुनद्वारा बर्जित छ । यदि यसबारे कसैले उजुरी गरेको खण्डमा उनीमाथि कारबाही समेत हुनसक्छ । त्यसैले निकै गोप्य राख्न खोजिएको यो बिबाहको सुचना बाहिरिएपछि शेरधन नै अन्यौलमा परेको बताइएको छ ।
कतिपयले सामाजिक संजालमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र भएकाले राईको बिबाहको लागि अनमेल विवाहलाई बैधता दिन अध्यादेश सम्म ल्याउन सक्ने भन्दै व्यंग्य समेत गरेका छन् ।
उता राईलाई श्रीमान कायम गर्न भन्दै मुद्दा हालेकी बालिकाले मुद्दा फिर्ता लिएपनि पिछा गर्न भने छाडेकी छैनन् ।