प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर ७ को भ्रमणमा - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर ७ को भ्रमणमा



काठमाडौँ, असार ९ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन शुक्रबार प्रदेश नम्बर ७ को भ्रमणमा जानुहुने भएको छ ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले शुक्रबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिकाको क्याम्पस रोड र फूलबारीमा आयोजना हुने नेपाली काँग्रेसको दुई छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

शुक्रबारको राति उहाँले धनगढीमा नै बिताउनुहुनेछ ।  उहाँले शनिबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका निजी सचिव एवं अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले आइतबार ११ गते डोटीको बुडर र आफ्नै गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।  १२ गतेबाट चुनाव प्रचारप्रसारको शून्य समय लागू हुने भएकाले त्यो अवधि गृहजिल्लामा बिताउनुहुनेछ ।

प्रधानमन्त्री देउवा ११ गतेदेखि १४ गतेसम्म गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढीमा रहनुहुनेछ । उहाँ १४ गते बिहान आफू जन्मेको रुवाखोला गाउँको मतदना केन्द्र हाल गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १, असिग्राम माविमा रहेको मतदना केन्द्रमा मतदान गरी काठमाडौंँ फर्किनुहुने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।