निर्वाचित सभापति हुँ, कसैले सपना नदेखे हुन्छ: शेरबहादुर देउवा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

निर्वाचित सभापति हुँ, कसैले सपना नदेखे हुन्छ: शेरबहादुर देउवा



काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोड्ने बताएका छन् । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि पनि बताए ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले ३ वर्षपछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने दाबी गरे।

सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतिलाई गेट आउट भन्ने अधिकार कसैलाई नरहेको तर्क पनि गरे। देउवाले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण पार्टीले निर्वाचनमा हार्नु परेको पनि दोहोर्‍याए।

सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गर्नु भयो। उहाँले आगामी निर्वाचनमा पार्टीलाई पूरानै अवस्थामा फर्काउने प्र्रतिवद्धता दोहो¥याउँदै पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराए।

सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस प्रतिवद्ध रहेको पनि बताए।

कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसको भविष्य राम्रो रहेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गम्भिर ध्यानाकर्षण गराए।