देउवालाई भेटेर कोइरालाले दिए चेतावनी - 'यस्तै हो भने समानान्तर पार्टी बनाउँछु' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

देउवालाई भेटेर कोइरालाले दिए चेतावनी – ‘यस्तै हो भने समानान्तर पार्टी बनाउँछु’



नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो ।

उनीहरुबीच पार्टीको केन्द्रीय कमिटी बैठक अघि भेटवार्ता भएको हो । भेटमा कोइरालाले साथीहरुले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए ।

देउवाले आफूले सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।