देउवा विजयी, शेखरलाई हिजोभन्दा १ सय मत बढी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देउवा विजयी, शेखरलाई हिजोभन्दा १ सय मत बढी



काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् ।

बुधवार बिहान २ : २५ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।

कुल ४ हजार ५ सय ७४ मत खसेकोमा देउवाले २ हजार ७२४ र कोइरालाले १ हजार ८१७ मत प्राप्त गरे ।

सोमवारको मतदानमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय ३ मत प्राप्त गरेका थिए । सोमवार भने ४ हजार ६८१ मत खसेको थियो ।

सोमवार भएको पहिलो चरणको मतदानमा स्पष्ट बहुमत आउन नसकेपछि मंगलवार दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा सभापतिको प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरेका थिए ।

सिंह र निधिको समर्थनले देउवाको जीत सहज भएको हो ।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर देउवा सभापतिमा विजयी भएका थिए ।

सभापतिको नजिता आएपछि अब सबैको ध्यान कांग्रेसका अन्य पदाधिकारीतर्फ गएको छ ।