कांग्रेसको बैठकमा शेखरले ल्याए पाँच बुँदे प्रस्ताव - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कांग्रेसको बैठकमा शेखरले ल्याए पाँच बुँदे प्रस्ताव



काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको जारी कार्यसम्पादन समितिको बैठकमा ५ बुँदे प्रस्ताव राखेका छन् । शुक्रबार भएको बैठकमा डा. कोइरालाले यस्ता प्रस्ताव राखेका हुन्

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष उनले शुक्रवारको बैठकमा पाँच बुँदे प्रस्ताव राखेको कांग्रेसका एक नेताले जानकारी दिए ।

शेखरले ल्याएको प्रस्तावमा नेता कार्यकर्तालाई विना भेदभाव जिम्मेवारी दिने पार्टी सञ्चालन पनि भेदभावबिना गर्नुपर्ने, भ्रातृ संस्थालाई विधिअनुसार काम गर्ने स्वतन्त्रता दिने, अन्य दलसँग चुनावी गठबन्धन नगर्ने एक्लै चुनावी प्रतिस्पर्धा गर्नुपर्ने, एमसीसी संसदवाट अनुमोदन गरेर जानुपर्ने र क्रियाशील सदस्यता वितरण अहिलेदेखि नै सुरु गर्ने प्रस्ताव कोइरालाले पार्टी सभापति शेरवहादुर देउवा समक्ष राखेका हुन् ।

सानेपामा जारी बैठक अगाडी उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसग गठबन्धन बनाएर चुनावमा कांग्रेस नजाने विषयमा जानकारी गराएका थिए ।

सानेपामा जारी कार्यसम्पादन समिति बैठकमा पेस गरेको प्रस्तावमा उनले देशकै नेतृत्व गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वले संकिर्णता र गुटमा आधारित हुँदा त्यसले सिंगो पार्टीलाई कमजोर बनाउने भन्दै नेतृत्वलाई गुटबन्दी त्याग्न आग्रह गरेका छन् ।

“महाधिवेशन सकेलगत्तै हामी चुनावी वर्षमा प्रवेश गर्न लागेका छौँ । पार्टीभित्रको एकता, सद्भाव र साथीहरूको न्यायोचित व्ववस्थापन नै हाम्रो शक्ति हो । हाम्रा घर भित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टि भन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प छैन,” कोइरालाले आफनो प्रस्ताव बैठकमा राख्दै भनेका छन्, “मैले यो विषयलाई यस कारण प्रारम्भ मै राखेको हुँ, कि पार्टीको केन्द्रीय समितिमा मनोनयन तथा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा सभापतिज्यूबाट कति न्याय र विवेक अपनाइयो भन्ने विषय बहसमै छ ।”