उपसभापति मतगणना अपडेट: शेखर प्यानलले बाजी मार्ने संकेत - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

उपसभापति मतगणना अपडेट: शेखर प्यानलले बाजी मार्ने संकेत



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको जारी मतगणनामा धनराज गुरुङले अग्रता कायमै राखेका छन्। गुरुङले शेखर कोइराला प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन्।

यसैगरी कोइराला प्यानलबाटै उपसभापतिमा उम्मेदवारी दिएका अर्का डा चन्द्र भण्डारी दोस्रो स्थानमा देखिएका छन्।

२३ सय मतगणना हुँदा गुरुङले ९६० मत पाएका छन्। भण्डारीले ८७० मत पाएका छन् भने खड्का ८४० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै गच्छदारले ६६० मत पाएका छन्।

यसअघि खड्का दोस्रो स्थानमा रहे पनि उनलाई डा भण्डारीले पछि पारेका हुन्।

उपसभापतिको दौडमा महेश आचार्य र सुजाता कोइराला भने निकै पछि पर्न थालेका छन्। कुनै गुटमा नरहेका आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यस्तै प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइरालाको मत पनि निकै कम आएको छ। विमलेन्द्र निधि प्यानलबाट दिवेश्वरी शाह सबैभन्दा पछि छिन्।

पार्टी कार्यालय सानेपामा जारी छ।