सरकारलाई कोइरालाको चेतावनीः राणा र राजाकै जस्तो हालत होला - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

सरकारलाई कोइरालाको चेतावनीः राणा र राजाकै जस्तो हालत होला



नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले बिभिन्न समयमा पार्टी छोडेर अन्य दलमा गएका नेता एवं कार्यकर्तालाई काँग्रेसमा फर्कन आग्रह गरेका छन् । डा कोईरालाले मुलुक सर्बसत्ताबादतर्फ अगाडी बढेकाले बिगतमा गरिएका आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको बताए ।

डा कोईरालाले भने, ‘मुलुक र प्रजातन्त्रका लागि लड्नुभएका साथीहरु पार्टीमा फर्कनोस । बिगतमा हामीबाट पनी कमी–कमजोरी भए होला । मुलुक र प्रजातन्त्र अहिले संकटमा परेको छ । कम्युनिष्टकाबिरुद्ध ती साथीहरुको आवश्यकता अपरिहार्य रहेको छ । तपाईहरुको राजनीतिक भविष्यको जिम्मा हामी लिन्छौं ।’

सरकार दुईतिहाईको दम्भबाट बाहिर ननिस्के उसको हालत पनि राणा र राजाकै जस्तो हुने चेतावनी दिए ।

नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको ‘वृहत कार्यकर्ता भेला’ लाई संबोधन गर्दै डा कोईरालाले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आयोगबाट स्विकृती लिएर गरेका नियुक्ती बदर गरेर सरकार मुठभेडमा उत्रिएको बताए ।

कार्यक्रममा काँग्रेस ईलामका सभापति हिमालय कर्माचार्य, बर्दियाका सभापति संजय गौतम, रुपन्देहीका सभापति–अब्दुल रज्जाकलगायतले मन्तब्य राखेका थिए ।