शशांकले भने: देश हिन्दुराष्ट्र बन्छ, अबको सभापति म हुँ !
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले आगामी चुनावमा हिन्दुराष्टको एजेण्डा लिएर जाने घोषणा गरेका छन् ।
प्राईम टाईम्स टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘आगामी चुनावमा म हिन्दूराष्ट्रको एजेण्डा लिएर जान्छु, त्यसपछि बन्ने सरकारले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्छ ।’
उनले आगामी महाधिवेशनमा आफू सभापति बन्नेसमेत दाबी गरे । पार्टीभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कार्यकर्ताले नरुचाउने पनि उनको भनाई छ । उनले भने,‘उहाँहरु जो उठ्दा पनि म सभापतिको लागि उठ्छु ।’
उनले कोइराला परिवारबाट आफू नै सभापतिको लागि उठ्ने जनाए । उनले थपे,‘शेखर बरु प्रधानमन्त्री बन्नसक्छन् । म सभापति बन्नेगरि जान सक्छौं ।’