शशांक भन्छन: आरजुलाई महामन्त्री बनाउने कुनै गठबन्धनमा गएको छैन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

शशांक भन्छन: आरजुलाई महामन्त्री बनाउने कुनै गठबन्धनमा गएको छैन



काठमाडौं- सभापति शेरबहादुर देउवासंग मिलेर नयाँ गठबन्धन बनाएको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति देउवासँग कुनै होटलमा भेट नभएको दाबी गरेका छन् ।

उनले देउवासंग डेढ महिना यता भेट नै नभएको भन्दै बजारमा चलेका हल्ला सत्य नभएको समेत बताए । जिपि कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको भर्चुअल कार्यक्रममा बिहीवार यस्तो बताएका हुन् ।

कोइरालाले काँग्रेस महाधिवेशनसँग जोडिएका प्रसँगहरु विषयक कार्यक्रममा आफ्नो भनाई राख्दै भने, ‘मेरो र शेरबहादुरको कुनै होटलमा भेट भएको छैन। डेढ महिना भयो भेट नभएको,’ कोइरालाले भने, ‘जब जब भेट भएको छ। पार्टीलाई कसरी राम्रो बनाउने भनेर छलफल भएको छ।’

देउवापत्नी आरजु देउवालाई महामन्त्री बनाउने शर्तमा छलफल गर्न कोइराला देउवालाई भेट्न पुगेको चर्चा चलेको थियो। सोही विषयमा चलेको चर्चाबारे कोइरालाले स्पष्टीकरण दिएका हुन्।

उनले कोभिड महामारीका कारण १४ औं महाधिवेशन समयमै महाधिवेशन गर्न कठिन देखिएको बताए।